साईतमै राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षको गरे पदभार ग्रहण

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज सोमबार पदभार ग्रहण गरेका छन् ।

उनले आज बिहान ११ः५४ बजेको शुभसाइतमा पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनी कमल थापालाई पराजित गरेर राप्रपाको अध्यक्ष बनेका हुन्।

अध्यक्ष बनेलगत्तै उनले देशलाई राजतन्त्र चाहिएको र आफ्नो नेतृत्वमा पार्टीले सो एजेण्डालाई उठाउने बताएका थिए।