कांग्रेसको बैशाखी टेकेर हिड्ने प्रचण्ड-माधवलाई देउवाले खन्याईदिए भुत्भुते, तोकिदिए आयू

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि भएको बताएका छन्। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पत्रकारहरूसँग कुरा गर्दै देउवाले वर्तमान पाँच दलीय गठबन्धन राष्ट्रिय सभाको निर्वाचनसम्मका लागि मात्र भएको बताएका हुन्।

त्यसपछि गठबन्धनले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए। ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो’, देउवाले भने, ‘त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएको छैन।’

राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ। तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ। एक जनाचाहिँ राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन आगामी प्रतिनिधी सभा निर्वाचन सम्मै रहने बताउंदै आएका छन्। देउवाले गठबन्धनको आयू तोकिदिएपछि प्रचण्ड माधवलाई राजनीतिक संकट पर्ने देखिएको छ।