गुरुराज घिमिरेले मारे फड्को, कतिको छ अन्तर ?

  • प्रकाशित मिति : २०७८ मंसिर १९, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ को अधिवेशनमा सभापतिका उम्मेदवार गुरुराज घिमिरेले अग्रता बनाएका छन्।

प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार बेलुका सवा ५ बजेसम्म २०० मत गन्दा घिमिरेले १ सय ८ र उनका प्रतिद्वन्दी उद्धव थापाले ८३ मत पाएका छन्।

त्यसैगरि उपसभापतिमा टंक राईले ९७ मतसहित अग्रता बनाएका छन्। उनीसंगै रमेशजंग रायमाझीले ८७, गोविन्द ढुंगाना ८५ र विश्वनाथ रिजालले ८२ मत पाएका छन्।

समितिका प्रमुख थापाले महामन्त्रीतर्फ उमेश थापाले ९६ मतले अग्रता बनाएको बताए। महामन्त्रीतर्फ उनीसँगै दिपेनकुमार श्रेष्ठले ८९, भुपेन्द्र राईले ८८ र पदम सुन्दर पालुङवाले ८४ मत पाएका छन्।

सहमहामन्त्री महिलातर्फ सीता कार्कीले ९७ र उनकी प्रतिद्वन्दी प्रमिला गच्छदारले ८७ मत पाएकी छन्।

सहमहामन्त्री पुरुषतर्फ खड्ग फागो १ सय १९ मतसहित पहिलो स्थानमा रहेका छन्। उनीसँगै विरकाजी राई ८४, विनोदकुमार बस्नेत ८२, रोहितकुमार साह ७१ र शुभचन्द्र राईले ७ मत पाएका छन्।