रातो पुल र कालो पुलबीचको धोबी खोला किनारमा पुरुषको शव भेटियो

  • प्रकाशित मिति : २०७८ मंसिर १९, आईतवार
  • chhanbin.com

धोबी खोला किनारमा एक पुरुषको शव भेटिएको छ। रातो पुल र कालो पुलबीचको धोबी खोला किनारमा उक्त पुरुषको शव फेला परेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीका अनुसार मृत फेला पर्नेमा भक्तपुरको चाँगुनारायण-६का ३२ वर्षीय विशाल कार्की छन्। घटना शंकास्पद भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

‘के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन। हामी अनुसन्धानमा छौं’ एसपी मैनालीले भने।