२०५ मा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु, ४ सय ३६ जना निको भए

  • प्रकाशित मिति : २०७८ मंसिर १९, आईतवार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा २ सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४ सय ३६ जना उपचारपछि निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ५ सय ४१ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

हाल मुलुकमा ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेको जनाइएको छ । आइतबार ५७ हजार ९ सय ३० जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार १० हजार ७ सय ४७ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ७ हजार ९ सय ९५ जनाको पीसीआर र २ हजार ७ सय ५२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।