हारेपछि तिल्मिलाएका कमल थापाले हिमानीलाई दिए झापड

  • प्रकाशित मिति : २०७८ मंसिर १९, आईतवार
  • chhanbin.com

राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवराज्ञी हिमानी शाहले बधाई दिएपछि अध्यक्षमा पराजित कमल थापाले कटाक्ष गरेका छन् । हिमानीले लिङ्देनलाई सामाजिक सञ्जालमार्फत दिएको बधाई तथा शुभकामनाप्रति अध्यक्षमा पराजित थापाले कटाक्ष गरेका हुन् ।

हिमानीले लेखेकी छन्, ‘अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!!’

हिमानीको सो ट्वीटमाथि प्रतिक्रिया जनाउँदै कमल थापाले अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना लेखेका छन् । थापाले अध्यक्ष पदमा पराजित भएसँगै आइतवार बिहानै निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका थिए ।