देउवाको गृह प्रदेशमा पौडेल पक्ष सोत्तर, बलायर नेतृत्वको प्यानलले गर्यो स्वीप ( मत परिणाम सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर १९, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर नेतृत्वको प्यानलले नै जितेको छ।

केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा ​बलायर भारी मतान्तरले विजयी भए। उनले ६ सय ८८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेल पक्षका नारायणदत्त मिश्रले २ सय ८० मत मात्र ल्याए।

पदाधिकारीमा पनि बलायरको प्यानल नै विजयी भएको छ।

सभापतिमा बलायरसँगै उपसभापतिद्वय (जनकराज चौधरी (६ सय १०) र लोकराज अवस्थी(५२३) निर्वाचित भए। त्यस्तै महामन्त्रीद्वय (नरनारायण शाहले ६ सय ४८ र मेघराज खड्काले ६ सय ३५ मत ल्याए भने सहमहामन्त्रीद्वय गोपालदत्त भट्ट ५ सय २९ र चिन्तामणि भट्ट ५ सय २३ मत ल्याए।

सहमहामन्त्री महिलातर्फ अम्बिका चलाउने विजयी भइन्। उनले ६ सय ८६ मत ल्याइन्।

कसको कति मत ?