चुनाब जिते लगत्तै राजेन्द्र लिङ्देनले घोक्रो सुक्ने गरि भने- देशमा राजतन्त्र चाहिन्छ

  • प्रकाशित मिति : २०७८ मंसिर १९, आईतवार
  • chhanbin.com

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित राजेन्द्र लिङ्देनले देशलाई राजतन्त्र चाहिने बताएका छन्। राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भइसकेपछि भएको विजयोत्सवलाई सम्बोधन गर्दै उनले देशमा राजतन्त्र आवश्यक भएको बताएका हुन्।

उनले देशबाट भ्रष्टाचार अन्त्य हुनुपर्नेमा समेत जोड दिए। ‘देशमा राजतन्त्र चाहिन्छ’, लिङ्देनले भने, ‘भ्रष्टाचार अन्त्य हुनुपर्दछ।’

उनले हिजो के भयो त्यसलाई बिर्सेर पार्टीलाई एक ढिक्का बनाएर लगिने उद्घोष गरे।

हिजो एउटा नेताको पछि लाग्ने पार्टी र कार्यकर्ता अब राप्रपा पार्टीको भएर अघि बढ्ने उनको भनाइ थियो। कुनै एउटा नेता भन्दा राप्रपाका कुनै पनि नेताको नाउँ नलिएका लिङ्देनले भने, ‘हिजो एउटा नेताको कार्यकर्ता भएर हामी जान्थ्यौं तर आजबाट हामी नेताको कार्यकर्ता भएर होइन राष्ट्रिय प्रजातन्त्र पार्टीको भएर जान्छौं।’

उनले आजबाट पार्टीमा कुनै गुट नभएकोसमेत घोषणा गरे। नवनिर्वाचित अध्यक्ष लिङ्देनले भने, ‘हिजो के भयो भयो, आजबाट हामी कुनै गुटमा छैनौं। पुरानो नेतृत्त्वको काम छैन भन्ने हाम्रो भनाइ होइन। उहाँहरुसँग मिलेर जाने हो।’ उनले दलभित्र भागबन्डा नभई योग्यताको आधारमा जिम्मेवारी दिइनुपर्ने स्पष्ट पारे।