महिला भलिबल टिमबाट पाँच खेलाडी बाहिरिए, बन्द प्रशिक्षणमा रहेका यी हुन् १५ खेलाडी

  • प्रकाशित मिति : २०७८ मंसिर १८, शनिबार
  • chhanbin.com

राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगिताका लागि तयारी गरिरहेको टोलीबाट पाँच खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिएका हुन्।

नेपाल भलिबल संघले २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो । सो समूहबाट पहिलोचरणमा १५ खेलाडीलाई छनोट गरेको भलिवल संघले जनाएको छ।

बन्द प्रशिक्षणबाट रेश्मा भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी बाहिरिएका हुन्।

महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगिता बंगलादेशको ढाकामा हुँदैछ । आगामी डिसेम्बर २१ देखि २९ सम्म प्रतियोगिता हुन लागेको हो । नेपाल यसअघिको च्याम्यिन हो।

बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी :

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषा कुमारी चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैशी