राजतन्त्र बिरोधी भन्दै रेखा थापाले कमल थापाको झार्नु सम्म झारिन् झाँको

  • प्रकाशित मिति : २०७८ मंसिर १८, शनिबार
  • chhanbin.com

काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिएकी नायिका रेखा थापाले अध्यक्षका उम्मेदवार कमल थापाले आफूविरुद्ध ‘गोयबल्स शैली’ अपनाएको आरोप लगाएकी छिन् ।

फरक प्यानलबाट अध्यक्षको उम्मेदवारी दिएका कमल थापाप्रति कटाक्ष गर्दै उनले राजतन्त्रविरोधीको आरोपसमेत लगाएकी छन् । विगतमा गणतान्त्रिक सरकारमा सामेल भएको भन्दै उनले कमल थापालाई सांकेतिकरुपमा राजतन्त्रविरोधीको आरोप लगाएकी हुन् ।

सामाजिक सञ्जालमा रेखा थापाले लेखेकी छन्– कमल थापा गणतान्त्रिक सरकारको उपप्रधानमन्त्री बन्नु भएको होइन ? उहाँले मेराविरुद्ध सुरू गर्नु भएको गोयबल्स शैली गजब छ बा ! रेखा थापा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीमा उठेकी हुन् । राप्रपा महाधिवेशन अन्तरगत आज चुनाव हुँदैछ ।