एमालेकी सचेतक एवं सांसद शान्ता चौधरी कक्षा १२ उत्तीर्ण भएन्

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

नेकपा एमालेकी सचेतक एवं सांसद शान्ता चौधरी कक्षा १२ उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गरेको थियो।

उनका स्वकीय सचिव सन्तोष दहितले शान्ता चौधरी उत्तीर्ण भएको जानकारी दिएका छन्। गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।

यस अघि आजै चौधरीले सिम्बल नम्बर फेला नपरेर हैरान भएको बताएकी थिईन।