सात महिनापछि कोभिड बाट मृत्यु हुनेको संख्या शून्य, २४६ जनामा संक्रमण, ३४७ संक्रमणमुक्त

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

पछिल्लो २४ घन्टामा नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै शुक्रबार २४६ जनामा संक्रमण भएको जनाएको छ। सो अवधिमा मन्त्रालयले ७ हजार ८३६ जनाको नमूना परीक्षण गरेको थियो। परीक्षणको क्रममा ६ हजार ४ सयको पीसीआर र १ हजार ४३६ को एन्टीजेन परीक्षण गरिएको थियो। नेपालमा सात महिनापछि कोभिड १९ बाट मृत्यु हुनेको संख्या शून्य भएको छ ।

यसअघि नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेकोे थियो । त्यस्तै आज ३४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।