सोह्रखुट्टेको ब्ल्याङ्केट गोदाममा भीषण आगलागी

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

सोह्रखुट्टेको नयाँ बजारमा रहेको एक ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ