कर्णालीमा कांग्रेस सभापतिमा ३ जनाले दिए उम्मेद्वारी, को बलियो ?

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेस सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ। सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेद्वारी दर्ता भएको हो।

प्रदेश सभापतिमा ललितजंग शाही, निधिबाट मोतिराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले मनोनयन दर्ता गरेका छन्।

ललितजंग जुम्ला, मोतिराज र शाही कालिकोटका हुन्। यसअघि नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने बताइएको थियो।

सभापति शेरबहादुर देउवा समूहबाट ललितजंग शाही र संस्थापन इतर (रामचन्द्र पौडेल समूह)बाट भूपेन्द्रजंग शाहीलाई उम्मेदवार हुने निश्‍चित भएको थियो। तर, एकाएक निधि पक्षबाट पनि मोतिराजले उम्मेदवारी दिएका हुन्।