एमालेका नयाँ अध्यक्ष ओलीले दोहोर्याए पुरानै कुरा, सत्ताधारीलाई घाईते बनाउने गरि चलाए छुरा

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण देश बर्बाद भइरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय थापाथलीमा शुक्रबा पदभार ग्रहणका क्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीले दसौँ महाधिवेशनबाट पार्टीमा देखिएको गतिरोध पनि अन्त्य भएको बताए।

तर ओलीले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट देश बर्बाद भइरहेको उल्लेख गरे। ‘देश अहिले वर्तमान गठबन्धनको सरकारबाट चलिरहेको छैन। सरकार चलिरहेको छैन। यस्तो चलिहेकोलाई पनि चलेको भन्न सकिँदैन’, उनले भने ,’
यस्तो समस्या देशले लामो समय भोगिरहन सक्दैन। छिटोभन्दा छिटो ताजा जनादेशमा जाऊँ। पाँच दलको अकर्मण्यताका कारण देशलाई बर्बाद हुन दिनु भएन।’

ओलीले देशका हरेक क्षेत्रलाई गठबन्धनले निकम्मा बनाएको पनि आरोप लगाए। ‘गठबन्धनले हरेक क्षेत्रलाई गठबन्धनले निकम्मा बनायो। लोकतन्त्रका आधार भत्काउने काम भएको छ’, उनले भने, ‘जताततै बिगार्ने काम भएको छ। सरकारका कतिपय घटकको त कामै बिगार्ने भत्काउने मात्रै छ।’