प्रधानन्यायाधीश अस्पताल बाट सरकारी निवास फर्किए, कस्तो छ स्वास्थ्य अबस्था ?

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका राणा आज बिहान डिस्चार्ज भएका हुन् ।

राणा चार दिनअघि १२ मंसिरमा अस्पताल भर्ना भएका थिए । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि घरमै आराम गर्न भनिएकाे हाे ।

‘अहिले अस्पतालबाट बाहिरिँदै हुनुहुन्छ हामीले डिस्चार्जको सबै प्रकृया सकिसकका छौँ’, अस्पताल स्रोतले भन्याे ।