अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता काठमान्डौमा हुँदै, नेपालकी जुरेली को संग भिड्दैछिन् ?

  • प्रकाशित मिति : २०७८ मंसिर १६, बिहीबार
  • chhanbin.com

नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाहिरबाट आउने खेलाडीहरु भने बिहीबार साँझसम्म नेपाल आइपुग्नेछन् । जापानबाट आउने खेलाडीको टुंगो भने बेलुका मात्रै लाग्ने रेस्लर जुरेलीले जानकारी दिइन् ।

‘खेलको सबै तयारी पूरा भइसकेको छ । आजै खेलाडीहरू आउँदैछन् । हामी स्वागतका लागि एयरपोर्ट जाँदैछौं’, उनी भन्छिन्, ‘कोरोनाका कारण जापानबाट आउने खेलाडीबारे अहिलेसम्म टुंगो लागेको छैन । सायद भोलिसम्म आइपुग्छन् होला ।’

अमेरिकी उदाउँदी महिला रेस्लर पोलान्को नेफ्रेटिरीसँग अस्मिताको खेल हुने भएको छ । यि दुईबीचको खेल दोस्रो हुनेछ । यस्तै, पाकिस्तानी खेलाडी कोभु ब्रान्डसँग नोली रेस्लर कुमार थापा (नेपाली ब्रो) भिड्दैछन् । कूल १५ जना खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका विजेताले बेल्ड पुरस्कार पाउनेछन् ।

त्यस्तै भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हु¥र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गिता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ भिडन्त हुने छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुनेछ ।