कोरोना संग लाक्पा खेल्दै गरेका प्रधानन्यायाधीशले यस्तो जवाफ फर्काएपछि न्यायाधीश थान्को लागे

  • प्रकाशित मिति : २०७८ मंसिर १६, बिहीबार
  • chhanbin.com

आफू अस्पतालबाट डिस्चार्ज भएर भोलि आएपछि छलफल गर्ने जवाफ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायाधीशलाई दिएका छन्।

प्रधानन्यायाधीश राणा कोरोना संक्रमणपछि अस्पताल भर्ना भएसँगै सर्वोच्च अदालतमा मुद्दाको पेसी नै नतोकिने स्थिति आएको भन्दै न्यायाधीशहरु बिहीबार छलफलमा बसेका थिए।

छलफलकै क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई फोन गरेका थिए। कार्कीसँगको फोनमा राणाले आफू भोलि अस्पतालबाट डिस्चार्ज भएर आउने र त्यसपछि ‘बसेर कुरा गरौं’ भन्ने जवाफ दिएका थिए।

त्यसै अनुसार आज कामु नतोकेर नै न्यायाधीशहरुको बैठक सकिएको हो। कोभिड–१९ संक्रमण भएपछि प्रधानन्यायाधीश राणा मंसिर १३ गते शसस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
हिजो बारका प्रतिनिधिले को हो आजको प्रधानन्यायाधीश भनेर इजलासमै थर्काएपछि न्यायाधिश हरु आज छलफलमा जुटेका हुन्।