गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश घोषणा गर्यो, कति दिने भयो ?

  • प्रकाशित मिति : २०७८ मंसिर १६, बिहीबार
  • chhanbin.com

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत गरी कुल १०.५३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावि लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।