कमल थापाले कुर्लिदै भने- नागार्जुनमा रहेका राजालाई नारायणहिटीमा ल्याउन दुई तिहाई चाहिँदैन

  • प्रकाशित मिति : २०७८ मंसिर १५, बुधबार
  • chhanbin.com

राप्रपाका अध्यक्ष कमल थापाले संसदमा सम्मानजनक स्थान र सडकमा रहेक दिन १ लाख कार्यकर्ता उतार्न सकेको दिन निर्वासनमा रहेका राजालाई नागार्जुनबाट नारायणहिटीमा ल्याएर राख्ने चेतावनी दिएका छन्।

‘जुन दिन संसदमा सम्मानजनक स्थान र सडकमा हरेक दिन १ लाख उतार्न सक्छ त्यही दिन जनताले राजा ल्याउने छन्। दुई तिहाई बहुमत आवश्यकता पदैन’ मंगलबार राप्रपाको एकता महाधिवेशनमा बोल्दै थापाले भने ‘अनि त्यही दिन नागार्जुनमा रहेका राजालाई नारायणहिटीमा ल्याउछौं।’

उनले हिन्दू राष्ट्रको स्थापनामा दुई तिहाई नचाहिने दाबी गरे। हिन्दू राष्ट्रको पक्षमा अरु दलहरु पनि रहेकाले एक ठाउँमा आएर हुनसक्ने उनको तर्क थियो। ‘एउटा चुनाव हार्दैमा वा पदमा हार्दैमा राप्रपा सकिँदैन। कुनै हीन भावना कार्यकर्ताले राख्न जरुरी छैन’ उनले भने ‘ नेपाली कांग्रेस कुनै समय दुई तिहाईको पार्टी थियो अहिले कहाँ पुग्यो, अहिले माओवादी खुम्चेर कुन अवस्था आएको छ, त्यसबाट सिक्न जरुरी छ।’ उनले भारतीय जनता पार्टीको उदाहारण दिँदै राप्रपाको सफलता एउटा चुनावले नहुने दाबी गरे।

उनले निर्वाचनको मुखमा पार्टी विभाजन हुनु र कांग्रेससँगको सहकार्यमा इमान्दारिता नभएको कारण कमजोर भएको दाबी गरे। पार्टी विभाजन नभएको भए राप्रपा ठूलो शक्तिको रुपमा हुने कुरामा आफ्नो कमजोरी भएको भन्दै थापाले अब शक्तिशाली भएर उदाउने दाबी गरे।