राजावादी संग प्रचण्डले किन र कसरी मिलाए गोत्र, राप्रपाको नाममा किन वाचन गरे स्तोत्र ?

  • प्रकाशित मिति : २०७८ मंसिर १५, बुधबार
  • chhanbin.com

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् । राप्रपा महाधिवेशनको उद्घाटनमा बोल्दै प्रचण्डले वैचारिक अन्तरविरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्न जाने बताए ।

‘हाम्राबीचमा अन्तरविरोध छ तर मैले पहिले पनि भनेको थिए । हाम्रो अनेकताभित्र एकता छ । राष्ट्रियता र देशभक्तिको सवालमा हाम्रो गोत्र मिल्न जान्छ’, उनले भने । मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराइ स्वाधीनताको रक्षा गर्न सबै दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने उनले बताए ।

‘राष्ट्र सबैभन्दा माथि छ । दलहरूबीचको संवादलाई अझ घनीभूत बनाएर राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ । त्यसका लागि सहकार्य जरुरी छ’, प्रचण्डले भने ।

उनले पार्टी ३ टुक्रा पार्नेहरूले समेत एकताको नाममा महाधिवेशन गरेको बेला साँच्चै एकताको महाधिवेशन गर्न सफल भएको भन्दै राप्रपालाई शुभकामना समेत दिए ।

उनै प्रचण्डले सिपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्नु भन्दै छेड हानेका थिए। मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी भनेका थिए।