प्रचण्डले सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिंदै किन हाने छेड ? मैनालीले के भने ?

  • प्रकाशित मिति : २०७८ मंसिर १५, बुधबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिएका छन् ।

बुधबार काठमाडौंमा राप्रपा महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै प्रचण्डले मैनालीलाई साँच्चिकै राप्रपाको अध्यक्ष बन्न लागेको हो भने बधाई छ भन्दै व्यंग्य गरेका हुन् ।

सम्बोधनका क्रममा माले महासचिव मैनालीले राजा महेन्द्र सबैभन्दा बढी राष्ट्रवादी भएको बताएका थिए । त्यसप्रति टिप्पणी गर्दै प्रचण्डले भने, ‘सीपीजीले साह्रै सजिलै महान राजा भनेर बोल्नुभयो । राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ क्यारे, मलाई त्यस्तै लाग्यो । साँच्चै त्यसो हो भने बधाई छ ।’ प्रचण्डले अब राजनीति पछाडि फर्कन नसक्ने बताए ।

उनले राप्रपासँग विचार र सिद्धान्त नमिले पनि राष्ट्रिय भावना र स्वाधिनताका एजेन्डामा भने एकै ठाउँमा रहेको बताए ।