महिला लघुवित्तको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कति दिंदैछ लाभांश ?

  • प्रकाशित मिति : २०७८ मंसिर १५, बुधबार
  • chhanbin.com

महिला लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश पाउन सेयर किन्ने आज (मंसिर १५ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ५० लाभांश सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो ।

लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर १६ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

महिलाले गत आर्थिक वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २२ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा चौथो वार्षिक साधारण सभा बोलाएको छ । प्रस्तावित लाभांश लघुवित्तको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।