लाभांश प्रस्ताव पारित गर्न स्वाभिमान लघुवित्तले बोलायो साधारण सभा, कहिले हुँदैछ ?

  • प्रकाशित मिति : २०७८ मंसिर १५, बुधबार
  • chhanbin.com

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तको सधारण सभा पुस ८ गते दिउँसो १ देखि अनलाइनबाट हुनेछ। सभाले हाल कायमचुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाबाट अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत प्रस्तावसमेत पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते बुकक्लोज गर्ने भएको छ।