१४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार छान्न शशांक निवासको बैठकमा को-को छन् ?

  • प्रकाशित मिति : २०७८ मंसिर १५, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापनइतरका नेताहरुको बैठक बसिरहेको छ।

मंगलबार बिहान कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बसिरहेको हो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोइराला रहेका छन्। प्रकाशमान सिंह केही बेरमा पुग्ने जनाइएको छ।

शेखर कोइराला भने विराटनगरमा रहेकाले बैठकमा उपस्थित हुने छैनन्। नेता सिंहनिकट स्रोतका अनुसार आफ्नो पक्षको उम्मेदवारीबारे छलफल गर्ने अन्तिम बैठक भएकाले सिंह महाराजगञ्ज जाने छन्।

संस्थापनइतरले महाधिवेशनमा साझा उम्मेदवार उठाउने बारे विभिन्न चरणमा छलफल गरिरहेको भएपनि सम्भव हुन सकेको छैन। रामचन्द्र, शेखर, प्रकाशमान र शशांक तीनै जनाले अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आइरहेका छन्।

कांग्रेको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ।