इजरायल जाने कामदारका लागि कोरोना खोप लगाउने केन्द्र तोकियो, कहाँ-कहाँ लगाइन्छ ?

  • प्रकाशित मिति : २०७८ मंसिर १४, मंगलवार
  • chhanbin.com

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएर कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी रहेका उमेदवारलाई खोप लगाउन सरकारले पाँचवटा अस्पताललाई केन्द्र तोकेको छ ।

वैदेशिक रोजराग विभागले आज सूचना जारी गर्दै ती उमेदवारलाई खोप दिन काठमाडौंका पाँचवटा अस्पताललाई खोप केन्द्र तोकेको हो । खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको इजरायल शाखामा
सम्पर्क गर्नुपर्ने जनाएको छ ।

यी हुन् खोप दिइने पाँच अस्पताल
१.वीर अस्पताल
२.निजामति सेवा अस्पताल
३. नेपाल प्रहरी अस्पताल
४. वीरेन्द्र सैनिक अस्पताल
५. सशस्त्र प्रहरीबल अस्ताल