नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत पाएकी छन्। मंगलबार ६ पदका लागि भएको निर्वाचनमा शाक्यले सबैभन्दा बढी मत पाउँदा अर्का उपाध्यक्षका उम्मेदवार घनश्याम भुसालले सबै कम मत प्राप्त गरेका हुन्। अष्टलक्ष्मी शाक्यले १९७६ मत पाएकी हुन् भने घनश्याम भुसालले भने ७२५ मत प्राप्त गरे।
आइतबार राति बन्दसत्रमा केपी ओलीले प्रस्तुत गरेका ६ जना नै उपाध्यक्षमा विजयी भएका हुन्। भुसालसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार थिए।
एमालेको निर्वाचन आयोग स्रोतबाट प्राप्त जानकारी अनुसार, अष्टलक्ष्मी शाक्यले १९७६ मत पाएकी हुन्। उपाध्यक्षमा विजयमध्ये उनको मत सबैभन्दा बढी हो। त्यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत प्राप्त गरेका थिए। घनश्याम भुसालले भने ७२५ मत प्राप्त गरे।