प्रधानन्यायाधीशको राजीनामालाई मुख्य शर्त बनाएको बार लत्रियो, यस्तो विज्ञप्ती निकाल्दै हात उठायो

  • प्रकाशित मिति : २०७८ मंसिर १४, मंगलवार
  • chhanbin.com

नेपाल बार एशोसिएशनले भोलिबाट सर्वोच्च अदालतमा गोलाप्रथा लागु गर्ने भएकोले आन्दोलन स्थगित गरेको छ । हिजो बसेको बारको बैठकको निर्णयमा गोलाप्रथा लागु गर्ने निर्णयको स्वागत गरिएको छ ।

र, गोलामा प्रधानन्यायाधीश सहभागी नहुन, सहभागी भई इजलासमा बसेमा उहाँको इजलासमा अन्य न्यायाधीशहरुलाई प्रधानन्यायाधीश सम्मिलित संयुक्त/पूर्ण/संवैधानिक इजलासमा नबस्न, सुनुवाई नगर्न बारले अनुरोध गरेको छ। बारले सर्वोच्च अदालतमा अब आन्दोलन गर्ने वा नगर्ने केही पनि उल्लेख गरेको छैन् । प्रधानन्यायाधीशको राजीनामालाई मुख्य शर्त बनाएको बार लत्रिएको विश्लेषण गरिन थालेको छ।