१७१४ मत ओलीले पाउँदा रावलको पोल्टामा २१३ मत

  • प्रकाशित मिति : २०७८ मंसिर १४, मंगलवार
  • chhanbin.com

चितवनको सौराहमा जारी एमालेको १० औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा केपी शर्मा ओलीले १७१४ मत पाउँदा पाउँदा भीम रावलले २१३ मत पाएका छन्। अहिलेसम्म ६६ वटा मेसिनको मतगणना भइसकेको छ।

सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमबाट मतदान गरिएको थियो।

मतदानमा दुई हजार ९६ मत खसेको थियो। १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि मतदान भएको हो। निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथसँगै पहिलो केन्द्रीय समितिको बैठकसमेत सौराहमै हुने एमालेले जनाएको छ।