अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत पाउँदा बादललाई हम्मेहम्मे, अब कति छ गन्न बाँकी ?

  • प्रकाशित मिति : २०७८ मंसिर १४, मंगलवार
  • chhanbin.com

सौराहमा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना अन्तिम अवस्थामा पुगेको छ । एमाले स्रोतका अनुसार हालसम्म करिब ८० प्रतिशत मत गणना भइसकेको छ । अध्यक्षमा केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ । भारी मतान्तरसहित भीम रावललाई उनले पराजित गर्ने पक्का भएको छ ।

यस्तै, अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत प्राप्त गरेको एमाले स्रोतले जनाएको छ । रामबहादुर थापा (बादल) भने सेफ जोनमा रहेको बुझिएको छ ।

यस्तै सुरेन्द्र पाण्डे तेस्रो पोजिनमा छन् भने भीम रावलले दुईसय ९० मत कटाएको बुझिएको छ । एमालेले सबै मत गणना गरिसकेपछि एकैपटक घोषणा गर्ने तयारी गरेको छ ।