एमाले केन्द्रीय कमिटीको शपथ र पहिलो बैठक सौराहामै गर्ने ओलीले बनाए योजना

  • प्रकाशित मिति : २०७८ मंसिर १४, मंगलवार
  • chhanbin.com

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रम सौराहामै हुने भएको छ । आज सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम महाधिवेशनस्थल सौराहामै हुने तय भएको हो ।

त्यस्तै नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक पनि महाधिवेशन स्थलमै हुने भएको एमालेले जनाएको छ ।

मतगणना शुरु भएको दुई घण्टा भित्रै मत परिणाम आएपछि आजै बैठक बस्ने भएको हो।