आज पनि घट्यो सुनको भाउ, प्रतितोला कति तोकियो आजको मूल्य ?

  • प्रकाशित मिति : २०७८ मंसिर १४, मंगलवार
  • chhanbin.com

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।