नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, एकको मृत्यू

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ८८८ जनाको नमूना परीक्षण गर्दा सोमबार २५९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २३१ जनाको पीसीआर र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २४३ जना र एन्टिजेन परीक्षणबाट १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ।