एमाले महाधिवेशन स्थलमा किन तयारी अबस्थामा राखियो पानीको फोहोरा हान्ने गाडी ?

  • प्रकाशित मिति : २०७८ मंसिर १२, आईतवार
  • chhanbin.com

नेकपा (एमाले) महाधिवेशन स्थलमा पानीको फोहोरा हान्ने गाडी तयारी अवस्थामा राखिएको छ । महाधिवेशनको सन्दर्भमा हुन सक्ने हुलदङ्गा नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालय, हेटौंडाले तयारी गरेको हो ।

महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने तयारी गरिए पनि आकांक्षी धेरै भएपछि अन्तिम समयमा निर्वाचनको सम्भावना बढेको छ । आज निर्वाचन हुनसक्ने सम्भावना बढेसँगै हुलदङ्गा हुन सक्ने आशंकामा प्रहरीले पानीको फोहोरा हान्ने गाडी तयारी अवस्थामा राखिएको जनाएको छ ।