बन्दसत्र बाट किन बाहिरिए रावलका कार्यकर्ता ?

  • प्रकाशित मिति : २०७८ मंसिर १२, आईतवार
  • chhanbin.com

नेकपा (एमाले)को महाधिवेशन स्थलबाट भीम रावलका कार्यकर्ता बाहिरिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका रावलको प्रचारप्रसारमा आइतबार बिहानैदेखि कार्यकर्ता परिचालन गरिएका थिए ।

प्रचारप्रसारमा ओलीनिकटहरूले अवरोध गरेपछि उनीहरू कार्यक्रमस्थल छाडेर बाहिरिएका हुन् । लोकतान्त्रिक प्रणाली र जबजको अपब्याख्या गरिएकाले बन्दसत्र क्षेत्रबाट बाहिरिएको रावल पक्षको भनाइ छ ।

चितवनको सौराहमा महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र चलिरहेको छ । केपी ओली समूह सहमतिमा आगामी नेतृत्व चयनको कसरतमा जुटे पनि रावल, घनश्याम भुसाललगायतका नेताहरू निर्वाचनको पक्षमा छन् ।