आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ मंसिर १२, आईतवार
  • chhanbin.com

आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा ह्वात्तै गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९२ हजार १ सय रुपैयाँमा र तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार भने छापावाल र तेजाबी सुन क्रमशः ९१ हजार ९ सय र ९१ हजार ४ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।

यता चाँदीको भाउ भने सस्तिएको छ। शुक्रबार तोलाकै १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२ सय १० रुपैयाँमा कारोबार भएको हो।