झापा कांग्रेसमा रोचक भीडन्त, विश्वप्रकाशले सिटौलाको खुस्काईदिए हावा

  • प्रकाशित मिति : २०७८ मंसिर १२, आईतवार
  • chhanbin.com

ताजा परिणाम अनुसार नेपाली कांग्रेस झापाको सभापति पदको दुई उम्मेद्वार बीचको मतान्तर घटेर २९ मा आइपुगेको छ ।

निर्वाचनको २७७० मतगणना हुँदा सभापतिका उम्मेद्वार राम कट्टेलले १३९० र उनलाई नजिकबाट पछ्याइरहेका अर्का उम्मेद्वार देउमान थेबेले १३६१ मत प्राप्त गरेका छन् । कट्टेल विश्वप्रकाश र थेवे सिटौलाका उम्मेदवार हुन्। अग्रता लिने सबै शर्मा निकट हुन्।

उपसभापतिका उम्मेद्वार केशवराज पाण्डेले अग्रता लिदै १४६१ मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार शेरबहादुर भट्टराईले १३०१ मत प्राप्त गरेका छन् ।

प्रेम सम्बाहाम्फेले १२८५ र शमशेर गिरीले ११२० मत प्राप्त गरेका छन् । सम्बाहाम्फे तेस्रो पोजिसनमा झरेका छन् ।

यसैगरी, सचिव पदमा नविन बिमली (१४१९ मत)ले विश्वदीप लिङ्देन (१३३५ मत)लाई उछिनेका छन् । कृष्ण हुमागाई (१२९४ मत)ले लिङ्देनलाई पछ्याउँदै छन् भने टोमलाल राजबंशीले ११७८ मत प्राप्त गरेका छन् ।

सहसचिवमा कमलप्रसाद भण्डारी (१३६९ मत)ले सबैलाई उछिनेका छन् । अरु उम्मेद्वारहरु कालेन्द्रप्रसाद राजबंशीले १३२८, पदम लिम्बुले १२६९ र उमाराम प्रसाईले १२१६ मत ल्याएका छन् ।

स्मरण रहोस्, उपसभापतिमा केशवराज पाण्डे, सचिवमा नबिन बिमली र सहसचिवमा कमलप्रसाद भण्डारी जित नजिक पुगेका छन् ।