आज ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने अन्तिम दिन

  • प्रकाशित मिति : २०७८ मंसिर १२, आईतवार
  • chhanbin.com

ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज (मंसिर १२ गते) अन्तिम दिन रहेको छ । बैंकले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर १३ गते) बुकक्लोज मिति तोकेको छ। तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

ग्लोबलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले १५ औं वार्षिक साधरणसभा मंसिर २७ गते प्रज्ञाभवन काठमाडौंमा साधारण सभा बोलाएको छ । बैंकले प्रस्ताव गरेको लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।