अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतले गर्यो कडाई, नेपाल के गर्छ ?

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रूप ‘ओमिक्रोन’ देखिएपछि भारतले पनि अफ्रिका, बोत्सवाना र हङकङबाट आउने यात्रुलाई पहिलेभन्दा कडाइका साथ स्क्रिनिङ गरिने घोषणा गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित विश्व नै चिन्तामा परेको बेला भारतले कडाइका साथ स्क्रिनिङ गरिने घोषणा गरेको हो।

अमेरिका, क्यानडा, बेलायत, युरोपेली संघ, जापान, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनलगायतका देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका ७–८ देशका विमान र यात्रुलाई प्रवेशमा रोक लगाउन थालेका छन्।
दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा प्रतिबन्ध लगाइएको हो। नेपालले भोली आईतबार बैठक बसेर के गर्ने भन्ने निर्णय गर्दैछ।