केपी ओली ढुक्क भएर निदाउन थाले, खाना पनि बल्ल पच्न थाल्यो

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढुक्क भएर निदाउन थालेको बताएका छन्। बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीको भविष्य सुरक्षित देखेर आफू ढुक्क भएर निदाउन थालेको र खाना पच्न थालेको बताएका हुन्।

‘म कति बाँच्छु थाहा छैन, धेरै अप्रेसन गरेर मरिमरी बाँचेर आएको छुँ। तर, मलाई आज सन्तोष लाग्छ, खाना पच्छ किनकि, तपाईंहरुलाई आज देखेर पार्टी र देशको भविष्य सुरक्षित भएको देख्छु। पार्टी र देशको समृद्धिको चेहरा तपाईंहरुमा देख्छु र ढुक्क भएर सुत्छु। यस्तो पार्टीको अध्यक्ष हुन पाएर गौरवान्वित हुन्छु। तपाईंको साथ नभए बेहाल हुन्थ्यो, तपाईंहरुकै साथले यो सब उपलब्धि प्राप्त भएको छ।’, ओलीले भने।

पाँच दलीय गठबन्धनले आफूहरुले गरेका देश विकासका कामलाई निरन्तरता नदिएर गल्ती गरिरहेको र त्यस्तो गल्ती नगर्न आग्रह गरे। गठबन्धनले विदेशसँगको सम्बन्ध पनि बिगारिरहेको आरोप ओलीले लगाए।