काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पायो पूर्णता, क-कसले पाए जिम्मेवारी ?

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पाएको छ । पार्टीका प्रवक्ता एव सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले शनिबार पूर्णता पाएको हो ।

काँग्रेस केन्द्रीय कार्यलयका सचिव प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेक प्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलिप राईलाई सदस्यमा मनोनयन गरिएको बताए ।

उनका अनुसार सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू र नेपाल प्रेस युनियनका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु समितिको सदस्य रहेन छन् ।

यस्तै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरु, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू र काठमाडौं स्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू समितिको सदस्य रहने छन् ।

प्रचार प्रसार समितिको सचिवालयका रुपमा प्रचार विभागको उपत्यकास्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालय पनि समिति सदस्य रहने शर्माले बताए । काँग्रेसले आगामी मंसिर २४–२६ मा १४ औं महाधिवेशन गर्दै छ ।