कोरोनाले थप तीनको ज्यान गयो, ३२५ जना लाई निको हुँदा थपिए २१३ नयाँ रोगी

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।