एमाले महाधिवेशनमा भात नपाएर बिजोक, खाना कुर्नेको लाग्यो लावालस्कर

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थल सौराहामा खाना (भात) को अभाव देखिएको छ । एमाले शीर्ष नेतृत्व पदाधिकारी व्यवस्थापनमा जुटिरहेका बेला अन्य नेता, कार्यकर्ता र आगन्तुकहरु थकाली भान्सा घरदेखि रेस्टुरेन्टहरुमा समेत खानाको लाइनमा छन् ।

एमाले कार्यकर्ताहरूको चापले खान पाउन मुस्किल देखिएको छ । व्यापार राम्रो भए पनि माग धान्न गाह्रो भएको व्यवसायीहरुको भनाई छ । खानाको पटक पटक बहान लगाएर माग पूर्ति गर्ने प्रयास भैरहेको उनीहरुले बताए ।
त्यस्तै हात्ती चोक, गैँडा चोक लगायत बन्दसत्र स्थल वरपर चर्को जाम समेत छ ।