ए डिभिजन लिगमा को-को भिड्दैछन् आज ?

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

शहिद ​स्मारक ए डिभिजन लिगको दोस्रो चरणको दोस्रो दिनको खेलमा शनिबार पनि दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने पहिलो खेलमा च्याससल युथ क्लव र एपीएफ फुटबल क्लव भिड्दैछन्। खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन्।

च्यासल पहिलो खेलमा थ्रीस्टारसँग ३–० ले पराजित भएको थियो। उता एपीएफ भने ब्रिगेड ब्वाईज क्लवसँग ३–२ ले स्तब्ध भएको थियो। आजै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन्। दोस्रो खेल पौने ५ बजे सोही रगंशालामा हुनेछ।

मनाङ लिगमा लगातार दोस्रो जितको खोजीमा छ। मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो। हिमालयन शेर्पाले भने संकटा क्लबसँग एक एक गोलको बराबरी गर्दै अंक बाँडेको थियो।