नेतृत्व चयनको लागि हुने एमालेको निर्वाचनमा के गर्न पाइन्छ, के गर्न पाइदैन ? (सुची सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेकपा एमालेको जारी महाधिवेशनमा नेतृत्व चयनको लागि हुने निर्वाचनमा विभिन्न बुँदाहरुमा आचारसंहिता तयार गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाद्वारा जारी आचारसंहितामा निर्वाचनको प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने १२ वटा आचारणहरु सार्वजनिक गरिएको छ।

मतदान कार्य सुरु भएदेखि मतदान केन्द्रभित्र मतदानको काम सम्पन्न नहुँदासम्मका लागि निर्वाचन प्रचारप्रसार हुने गरी सामान्य भिटिटिङ कार्ड आकारको पर्चाभन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचा सामग्री प्रदर्शन गर्न, प्रचार सामग्रीहरु प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारले प्रचारप्रसार गर्न, गराउन तथा सभा-जुलुस गर्न गराउन, समूहगत रुपमा छुट्टै भेला बैठक गर्न गराउन नपाइने उल्लेख छ।

त्यस्तै, समूहगत आधारमा उम्मेदवारको नामावली लेखिएको वा छापिएको सामग्रीहरु हेरी मतदान गर्न पूर्णतः निषेध गरिएको छ। मतदातालाई प्रभावित गर्ने उद्देश्यले भोजभतेरको आयोजना गर्न गराउन र मादकपदार्थको सेवन गरी प्रचारप्रसार गर्न गराउन पाइने छैन।

‘ज्याकेट, टिसर्ट, ट्र्याकसुट, डटपेन, झोला, डायरी, लकेट, व्यक्तिको चरित्र हत्या हुने खालको सामग्री, बोर्ड, तुल-ब्यानर, ब्रुसर, गम्छा लगायतका निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि सामग्रीहरु वितरण गर्न पाइने छैन’, आचारसंहितामा भनिएको छ।