३०२ संक्रमणमुक्त हुँदा थपिए २७० जना कोभिड संक्रमित, २ जनाको मृत्यू

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा देशभर २७० जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ४४६ वटा नमुनाको परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।त्यस्तै आज ३०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।