माओवादीले अब चाँही मर्यो भनेर छोडेका सुनामले एमाले केन्द्रीय सदस्यमा घोषणा गरे उम्मेद्वारी

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

उत्साह र उमङ्गका साथ नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन आज बाट चितवनमा शुरु भएको छ। जनस्तरमा हिलोको ढुङ्गो झैँ गरिको संगठन भएको नेपालको एकमात्र कम्युनिष्ट पार्टी एमाले भित्र आन्तरिक लोकतन्त्र थप मजबुत हुने चरणमा छ। जस अन्तर्गत नयाँ नेतृत्व चयन हुँदैछ। केपी शर्मा ओलीको कप्तानीमा फेरी पनि नेकपा एमालेले आफुलाई झन् मजबुत बनाउने लक्षण देखिन थालिसकेको छ।

अहिले नेताहरुले उम्मेद्वारी घोषणा गर्ने लहर चलेको छ। जस अन्तर्गत गहकिलो संघर्षले एमालेको जोधाहा र कर्तब् निष्ट नेताको परिचय बनाएका चर्चित नेता अर्जुन कुमार सुनामले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरिसकेका छन्। अखिलको रापिलो भट्टी बाट खारिएर कुशल संगठकको दर्बिलो परिचय बनाएका सुनाम एमाले भित्र क्षमतावान तर क्षमता अनुरुपको जिम्मेवारी नपाएका नेताका रुपमा परिचित छन्। सम्भावनाको खानी सुनाम अग्रगमन र सुशासनका कट्टर पक्षपाती र भिजन भएका विकाशप्रेमी युवा नेताका रुपमा एमाले वृत्तमा चिनिएका छन्।

स्याङ्जामा जन्मिएका उनले पिएन क्याम्पस पोखरा बाट राजनीतिमा उदाउने अवसर पाए। अनेक हण्डर र ठक्कर खाँदै खारिएका उनले अनेकौ जिम्मेवारी कुशलतापूर्वक र निर्भयताका साथ पूरा गरेका छन्। कुनै किसिमको दाग नलगाई अविछिन्न पार्टी काममा खट्दै आएका सुनाम कुसल संगठक पनि हुन। २०४६ सालको जनआन्दोलन संगै पार्टीमा सक्रिय भएका उनले सोही बेला बिद्यार्थी यूनियनको सदस्यता लिएका थिए। २०५१ सालमा सिद्धार्थ मावी फेबिखोलाको अखिलको प्राक सचिव हुँदै उनले राजनितीमा सिढी हाल्न थालेका हुन्।

२०५२ मा सोही स्कूलमा अखिलको प्राक अध्यक्ष भएका सुनामले २०५३ मा अनेरास्ववियु स्याङ्जा क्षेत्र नम्बर १ को क्षेत्रीय सदस्य भएर सक्रियता पूर्वक आफुलाई उभ्याए। २०५४ मा जिल्ला कमिटी सदस्य भएका उनले एमाले विभाजनपछि अनेरास्ववियु स्याङ्जाको जिल्ला सचिव भएर काम गरे। सोही बेला उनलाई युवा संघको क्षेत्रीय सदस्यको जिम्मेवारी पनि थपिएको थियो। पार्टी विभाजनमा उनी एमालेमै रहे।

२०५५ मा एमालेको संगठित सदस्यता लिएका उनले ५६ देखि ५९ साल सम्म अखिलको २ कार्यकाल उपाध्यक्ष समेत भएर संगठनलाई चलायमान बनाए। २०५६ स्वतन्त्र दलित बिद्यार्थी संगठनको केन्द्रीय सदस्य भएका उनले ५९ सालमा सोही संगठनको केन्द्रीय सचिवालय सदस्य र संगठन बिभाग प्रमुख भएर कुशलता पूर्वक जिम्मेवारी निभाए। २०६० मा सुनाम पिएन क्याम्पस पोखराको स्ववियु सदस्य निर्वाचित भए। ६१ सालमा अखिलको सातौ गण्डकी सम्मेलन बाट सदस्यमा चुनिए। ६२ सालमा पिएन क्याम्पसको स्ववियू उपसभापति भएका सुनाम ६३ सालमा अनेरास्ववियु सातौ गण्डकी सम्मेलन बाट अध्यक्ष हुन सफल भए। यी त सुनामका प्रतिनिधी जिम्मेवारी मात्र हुन। यसका अतिरिक्त उनले दर्जनौ जिम्मेवारी सम्हाली सकेका छन्।

संघर्षका क्रममा उनले जेल जीवन समेत बिताएका छन्। माओवादीले अब चाँही मर्यो भनेर छोडेका थिए तर समयमै उपचार पाए पछि सुनामले अभयदान पाए र आज एमालेको दशौ महाधिवेशनमा दलित कोटा अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्न पाएका छन्। उनलाई त्यो बेला अहिलेका पार्टी अध्यक्ष केपी ओलीले हेलिकप्टर बाट राजधानी ल्याएर उपचार गर्ने ब्यबस्था मिलाएका थिए। ओली संग शुरुबाटै राम्रो सम्बन्ध भएका सुनामले घोषणा गरेको उम्मेद्वारीले धेरैलाई अत्याएको छ।