संगै जेल बसेको साथी भनेर देउवाले ओलीलाई फुर्क्याए, सहकार्य गर्न भन्दै निम्तो दिए

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै जेल सबेको स्मरण गरेका छन्। चितवनस्थित नारायणी किनारमा एमाले महाधिवेशन उद्धाटन कार्यक्रममा उनले यस्तो स्मरण गरेका हुन्।

‘एमाले अध्यक्ष ओलीलगायत थुप्रै कम्युनिस्ट नेताहरू हामी जेलमासँगै थियौँ। हिजोका दिनमा भोगेका दुःख ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीले पनि दुख भोग्नु नपरोस्,’ देउवाले भने।

सबैले संविधान ल्याउन योगदान गरेकाले यसको रक्षा पनि सबैले मिलेर नै गर्नुपर्ने उनले बताएका थिए। लोकतान्त्रिक व्यवस्थाबाट भएको महाधिवेशनका लागि ओलीलाई धन्यवाद दिएका देउवाले देश र जनतासँग जोडिएका मुद्दा समाधान गर्न सहकार्य आवश्यक भएको बताएका थिए।

मुलुक कोभिडको महामारीले आक्रान्त भएका बेला खोप प्राथमिकता भएको र त्यसमा सरकार अघि बढिरहेको उनले उल्लेख गरे। देशमा सुशासन र समृद्धि कामय गर्न सरकार प्रतिबद्ध भएको बताएका उनले संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने दलसँग सहकार्य गरी अघि बढिने बताए।