आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई हरायो

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई जितेको छ। ९३ रनको लक्ष्य पाएको नेपालले ६ विकेटले जितेको हो। दुबईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको थियो।

शुक्रबार नेपाल मलेसियालाई हराएसँदै नेपालले ग्लोबल छनोटको सम्भावना कायम राखेको छ। ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुगेको छ नेपाल। चार खेलमा तीन जितसहित ६ अंक बनाएको नेपाल दोस्रो स्थानमा छ। नेपालले अब अर्को खेल यूएईसँग पर्सि आइतबार हुनेछ।