निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो यस्तो लोभलाग्दो लाभांश, कति दिने भयो बोनस र नगद ?

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद गरी कुल ३१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।